१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायी काठमाडौं अध्यक्षमा रोहिनादेवी शाक्य

काठमाडौं सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न २१ औँ साधारणासभाले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

साधारणसभाले उपेन्द्रकाजी शाक्य, मुक्तिरत्न वज्राचार्य र दशरत्न वज्राचार्यलाई उपाध्यक्षमा निर्विरोध चयन गरेको छ। यसैगरी लेखरत्न शाक्यले सचिव, रमेशमान शाक्यले कोषाध्यक्ष, अभिषेक शाक्यले सचिव र पद्मेश शाक्यले सह कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।

सदस्यमा सूर्यरत्न वज्राचार्य, सुरेन्द्रकाजी शाक्य, सुजेन शाक्य, निकेशरत्न वज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, संजयरत्न शाक्य, माणिकरत्न शाक्य, रविन्द्र शाक्य, कबीरचन्द्र वज्राचार्य, सन्दिप शाक्य र अरूणा श्रेष्ठ छन्।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका थिए। मन्त्री श्रेष्ठले यो ऐतिहासिक व्यवसायमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले केही योजना ल्याउने बताए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बजारमा संलग्न व्यापारीले नभई बाहिरी तत्वले गर्दा तस्करी भइरहेको बताए।

प्रकाशित: ४ चैत्र २०८० ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App