२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालोसूचीमा राखिएको छ। नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले पटकपटक ताकेता गर्दा पनि महसुल बुझाउन आनकानी गर्ने ती ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

६ महिनाभन्दा बढी अवधिको महसुल नबुझाएका अटेर गर्ने ग्राहकको लाइन काटी कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख गौरव पाण्डेयले बताए। तीन महिना महसुल नबुझाउने ग्राहकको लाइन काट्न सक्ने र ६ महिना बढी अवधिको महसुल नबुझाउनेको कालोसूचीमा राख्न सक्ने प्रावधान रहेको छ।

कालोसूचीमा पर्ने ग्राककका तीनपुस्ते विवरण निकालिएको छ। महसुल नबुझाएसम्म सूचीमा परेका तीन पुस्ताको नाममा लाइनसमेत जडान नहुने प्रमुख पाण्डेयले बताए। चालु आर्थिक वर्षको साउनदेखि फागनु मसान्तसम्ममा कालोसूचीमा परेका ग्राहकबाट कुल दुई करोड ३० लाख २५ हजार २४९ रुपैयाँ उठ्न बाँकी छ। साउनदेखि फागुन मसान्तसम्म कालोसूचीमा परेका २७ जनाबाट कुल आठ लाख ९४ हजार नौ सय ५३ रुपैयाँ उठेको छ।

बक्यौता उठाउन लाइन काट्ने अभियानमा तीव्रता  

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता उठाउन लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ। पटकपटक ताकेता गर्दा पनि रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले धमाधम लाइन काटन सुरु गरेको हो।

प्राधिकरणको केन्द्रीय र प्रादेशिक कार्यालयले बक्यौता रकम उठाउन कडा निर्देशन दिएपछि प्राधिकरणले चालु वर्षको साउनदेखि नै बक्यौता उठाउन कडाइ गरेको हो। चालु आवको साउनदेखि फागनु मसान्तसम्म दुई हजार एक सय ८६ जनाको लाइन काटिएको प्राधिकरणका प्रमुख गौरव पाण्डेयले बताए।

ती ग्राहकबाट चार करोड ४९ लाख ८ हजार दुई  सय ३६ रुपैयाँ उठ्न बाँकी छ। त्यसमध्ये एक हजार आठ सय ७६ जाले लाइन जोडेको र त्यसबाट चार करोड ३१ लाख ७७ हजार पाँच सय ३९ रुपैयाँ संकलन भएको छ। प्राधिकरणमा २७ करोड बढी  करोड बढी विद्युत् बक्यौता छ।

पालिकाको सडक बत्तीको सबैभन्दा बढी रकम असुली हुन सकेको छैन। सामान्यदेखि प्रतिष्ठित व्यक्तिहरुको समेत बक्यौता रहेको छ। लाइन काटेपछि कतिपयले रकम तिरिसकेको पनि पाण्डेयले बताए। सबैेभन्दा समस्या सडक बत्तीको रकम उठाउन रहेको उनले बताए।

सडकमा चौबीसै घन्टा बत्ती बले पनि त्यसको नियन्त्रणका लागि पालिकाहरुले समेत चासो नदिँदा हजारौं युनिट विद्युत् त्यसै खेर गइरहेको उनले बताए। पालिकासहित ग्राहकहरुलाई बक्यौता रकम तिर्न कडाइका साथ पत्राचार गरिएको उनले बताए। अटेर गर्नेको लाइन काट्न आपूmहरु पछि नहट्ने उनले बताए। प्राधिकरणमा ६६ हजार बढी ग्राहक छन्।

प्रकाशित: २ चैत्र २०८० १७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App