२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सामसङको ‘ग्यालेक्सी फिट थ्री’ सार्वजनिक

सामसङले सटिक फिटनेस ट्र्याकर ‘ग्यालेक्सी फिट थ्री’ सार्वजनिक गरेको छ। सामसङले अत्याधुनिक स्वास्थ्य-निगरानी प्रविधिलाई सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ।

‘ग्यालेक्सी फिट थ्री’ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरएबल) डिभाइस हो। यसमा फराकिलो डिस्प्ले सहितको एल्युमिनियम बडी रहेको छ जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म-चौबिस घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्र्याक गर्न मदत गर्ने कम्पनीले बताएको छ।

कम्पनीका एमएक्स बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले स्वास्थ्यकोबारेमा सोच्ने यस आधुनिक युगमा मानिसले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्ने र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न कम्पनी समर्पित रहेको बताए।

प्रकाशित: २ चैत्र २०८० ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App