१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

फाइल तस्बिर

काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मत–सम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त सडक निर्माणका क्रममा चैत १ देखि विसं २०८१ वैशाख १५ सम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

उनका अनुसार काठमाडौं कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौंको थानकोट–मकवानपुरको चित्लाङ हुँदै हेटौंडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको उल्लेख गरे।

उक्त सडकमा हल्का सवारी साधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। –रासस

प्रकाशित: १ चैत्र २०८० १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App