१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुन र चाँदी दुवैको मूल्य घट्यो

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर प्रति तोला एक लाख २५ हजार कायम भएको छ।

यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजारले कमी आई प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला ३० ले कमी भई प्रतितोला एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो। –रासस

प्रकाशित: ३० फाल्गुन २०८० ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App