८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेल र अष्ट्रेलियाली सरकारको सचेतना अभियान

एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनलले संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।

अभियानको मुख्य उद्देश्य अभियान लागु हुने जिल्लामा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पु¥याउने रहेको छ।

अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्सको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ।

यसबाहेक अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरूको उपयोग गर्नेछ।

सचेतना अभियान अन्तर्गत नौ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन्।

प्रकाशित: २९ फाल्गुन २०८० ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App