१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।  

सोमवार १ लाख २१ हजार रुपैयाँमा बारोबापर भएको सुनको मूल्यमा आज २ हजारले वृद्धि भएको महासङ्घले जनाएको छ।

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो। फागुन ३ गतेबाट फेरि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। सोमवार तोलामा १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: २२ फाल्गुन २०८० ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App