१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले नेपाली बिमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए।

उनले देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न ठूलाठूला परियोजनाहरूको स्थापना हुनुपर्नेमा विशेष जोड दिए।

अध्यक्ष हेमराज ढकालले नेपालमा विकास निर्माणको लागि सडक, जलविद्युत्, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकाले सरकारले उच्च प्राथमिकताका साथ लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारी सिर्जना भई देश आर्थिक समृद्धिको बाटोमा लम्किने बताए।

प्रकाशित: २१ फाल्गुन २०८० ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App