१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैन: गभर्नर अधिकारी

फाइल तस्बिर<br>

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन्।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए। उनले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे। 

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए। उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे।

राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको उनको भनाइ छ। उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताए। उनले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए। सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको उनले बताए। उनले कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने बताए।  

प्रकाशित: २० फाल्गुन २०८० १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App