१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंकले घर कर्जा योजना सार्वजनिक गरेको छ। आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना ल्याएको हो।

बैंकले सात वर्षको लागि स्थिर रहने गरी ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको हो। सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरभन्दा एक प्रतिशत बढीको प्रिमियम दर लागु हुनेछ र कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्न बैंकले जनाएको छ।

बैंकका अनुसार घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ।

प्रकाशित: २० फाल्गुन २०८० १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App