२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रभावकारी बन्दै सूर्यज्योतिको एम्बासडर अभियान

सूर्यज्योति अभिकर्ता प्रोडक्ट एम्बासडर अभियान प्रभावकारी बन्दै गइरहेकोे छ।

कम्पनीको यो नीतिले अभिकर्ताहरूको इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरूप्रतिको विश्वसनीयता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले अभियान उत्कृष्ट र लोकप्रिय भएको कम्पनीले जनाएको छ।

यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरूको व्यावसायिक मनोवलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना भएको कम्पनीको दाबी छ।  

कम्पनीका अनुसार चालु आवमा कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही र राजगन्ज शाखाका सिर्जना पन्तले क्रमशः चौरासी पुजा जीवन बिमा योजना, सुरक्षित भविष्य जीवन बिमा योजना र सावधिक जीवन बिमा योजनाका लागि प्रोडक्ट एम्बासडरको उपाधि प्राप्त गरेका हुन्।

प्रकाशित: १६ वैशाख २०८१ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App