इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य बढेर आए पछि नेपाल आयल निगमले प्रति सिलिन्डर ग्यासमा ३ सय २५ रुपैयाँ नोक्सानी व्यहोर्नु परेको जनाएको छ।
आइओसीले पठाएको मूल्य सूची अनुसार ग्यासको मूल्य सिलिन्डरमा २१ रुपैयाँ ६६ पैसा बढेर आएको छ।
यस अघि ग्यासमा घाटा खाँदै आएको निगमले अहिले बढेर आए पछि सिलिन्डरमा ३ सय २५ रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
निगमले ग्यासको घाटा पेट्रोल, डिजेल, हवाई इन्धनबाट व्यहोर्दै आएको छ। मूल्य बढेर आए पनि ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ। ग्यास सिलिन्डरको मूल्य १९ सय १० रुपैयाँ रहेको छ।
पेट्रोल, डिजेलको मूल्य पनि बढेर आएको छ। पेट्रोल लिटरमा २१ पैसा र डिजेल ८५ पैसा बढेर आएको निगमले जनाएको छ। मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य यथावत राखेको प्रवक्ता ठाकुरले बताए।
पेट्रोलको मूल्य काठमाडौंमा १ सय ७१ र डिजेलको मूल्य १ सय ६० रुपैयाँ यथावत छ।
प्रकाशित: १७ फाल्गुन २०८० २३:०० बिहीबार