१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंकको गण्डकी प्रदेशअन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरीको लक्ष्मी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो।

प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तो भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्न उक्त कार्यक्रम एउटा कदम हो भन्ने विश्वास बैंकको छ।

प्रकाशित: १५ फाल्गुन २०८० ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App