७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

रन्जिता फाउन्डेसनद्वारा शैक्षिक एवं खेलकुद सामग्री वितरण

रन्जिता फाउण्डेसनद्वारा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको छ। फाउन्डेसनकी अध्यक्ष रन्जिता गुरुङले रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा ७ का ३ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक एवं खेलकुद सामग्री वितरण गरेकी हुन्।

फाउन्डेसनले गाउँपालिकाको वडा ७ स्थित भीमेश्वर मावि थापागाउँ, ब्रह्माविष्णु आधारभूत विद्यालय, डोरखानी र सेतीदेवी आधारभूत विद्यालय, डोप्लामा करिब दुई सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक एवं खेलकुद सामग्री वितरण गरेको हो।

दुई लाख रूपैयाँ बराबरको शैक्षिक एवं खेलकुद सामग्री वितरण समारोहमा वडा प्रमुख तथा भीमेश्वर माविका विद्यालय व्यवस्थापनका अध्यक्ष प्रविन मोक्तानले फाउन्डेसनले यसरी विद्यार्थीलाई सहयोग गर्दा विद्यार्थीहरूको मुहारमा खुसी ल्याएको बताए।

प्रकाशित: १० फाल्गुन २०८० ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App