२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सर्वसाधारणको निपेक्ष पूर्ण रुपमा सुरक्षित छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको जनाएको छ।

राष्ट्र बैङ्कले मगंलबार एक प्रेस विज्ञप्ति जारी गरेर बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैङ्किङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ।

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैङ्कको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। ‘बैङ्किङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो। नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैङ्कलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ’ नेपाल राष्ट्र बैङ्कद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘ सोहीबमोजिम नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैङ्किङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैङ्कले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैङ्कबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेकोव्यहोरा अवगत नै छ।’

राष्ट्र बैङ्कले पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैङ्कको निर्देशनअनुरूप नै रहेका जनाएको छ।  ‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैङ्कले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ।’प्रेस विज्ञप्तिमा भनिएको छ ‘ बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैङ्कले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ।’

राष्ट्र बैङ्कले बैङ्किङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध  गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०८० १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App