१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

विद्यार्थीलाई ग्लोबल आइएमइको डिजिटल साक्षरता

पोखरामा डिजिटल साक्षरता संचालन गर्दैे ग्लोबल आइएमइ बैंक। तस्बिरः नागरिक

पोखरामा चलिरहेको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजिटल साक्षरता कार्यक्रम भएको छ। शब्दको उत्सव, स्रष्टाको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता प्रदान गरिएको हो।  

ग्लोबल आइएमइ बैंकका रिलेसनसीप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको बारेमा सहजीकरण गरे। सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको फाइदाबारे चर्चा गरेका थिए। डिजिटल युगमा डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो।

उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाएको बताए। ‘स्कुलको फी पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं। बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नुपर्दैन। घरमै बसेर मोबाइल बैंकिङ मार्फत स्कुलको खातामा फी तिर्न सकिन्छ’, सिंहले भने। यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्क तिर्न सहज हुने उनको विश्वास छ।  

मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए। ‘मोबाइल बैंकिङ भएपछि अरुको कारोबारमा छलि गर्छ की अफ्ठ्यारा पर्छ की भन्ने सोच्नु पर्दैन। बायोम्याट्रिक, युजरनेम, पासवर्ड, ओटिपीबाट सुरक्षा प्रदान गरिरहेका छौं’, सिंहले विश्वस्त बनाए। ग्लोबल आइएमइले ३५६ शाखामार्फत सेवा दिदैं आइरहेको छ। २७८ एटीएमसहित विदेशबाट समेत प्रादेशीक कार्यालयमार्फत सेवा दिएको छ।

प्रकाशित: ६ फाल्गुन २०८० १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App