२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना

ग्लोबल आइएमई बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो। विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाले सहज रूपमा कर्जा सार्नसमेत सक्ने बैंकले बताएको छ।

बैंकका अनुसार यस योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रूपैयाँसम्म घर कर्जा लिन पाउनेछन्।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरू पेश गरेको दुई कार्य दिन भित्र कर्जा प्रवाह गर्ने बताएको छ।

यस्तै ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका तीन सय ५६ वटा शाखाबाट यो सुविधा उपभोग गर्न सक्नेछन्। बैंकका अनुसार सो योजना सीमित अवधिका लागि रहनेछ।

प्रकाशित: १ फाल्गुन २०८० ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App