१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भोलिबाट लागू हुनेगरी वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैँकको कति?

ब्याजदर महँगो भएको भन्दै गुनासो आइरहेको बेला वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। माघमा ब्याज घटाएका वाणिज्य बैंकहरुले फागुनका लागि पनि ब्याजदर थप घटाएका हुन्।

माघ महिनामा करिब ९ प्रतिशत ब्याजदर दिएका बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत दिने घोषणा गरेका छन्। माघमा औषत ब्याजदर ८.१६ प्रतिशत रहेकोमा फागुनमा औषतमा ७.७५ प्रतिशत हुने भएको छ।

माघ महिनामा ८.१६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७.७५ प्रतिशतबिन्दु कायम हुने भएको छ। वाणिज्य बैंकहरु माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४० प्रतिशत बिन्दुले घटाएका हुन्। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म घटाएको जनाएका छन्।

निक्षेप बढे पनि कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको बैंकहरुले जनाएका छन्। लगानीयोग्य रकम बढे पछि पछिल्ला महिना बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन्।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजलाई यथावत राखेका छन् भने अन्य बैंकले परिवर्तन गरेका छन्।

फागुन महिनामा सबैभन्दा बढी ब्याज दिने एनएमबि बैंकले जनाएको छ। एनएमबिले ८.५० प्रतिशत दिएको छ। एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत रहेको छ। त्यसैगरी, कुमारीको ८.१ प्रतिशत, नेपाल एसबिआई ८.१० एनएमबि ८.५० र सिटिजन्स बैंकको ब्याज ८.२५ प्रतिशत भन्दा माथि रहेको छ। त्यसैगरी, नबिल बैंकको ७.७५, प्रभु बैंक ७.५०, नेपाल बैंकको ब्याज ७.२५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत, प्राइम कर्मसियल बैंकको ७.४० प्रतिशत, प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, ग्लोबल आइएमईको ७.६०, कृषि विकास बैंकको ६.४४ रहेको छ। नयाँ ब्याजदर फागुन १ गतेबाट लागू हुन्छ।

प्रकाशित: २९ माघ २०८० १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App