१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

२२ हजार जनसंख्या शुद्ध खानेपानीको पहुँचमा

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बसोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।

ग्रामीण क्षेत्रबाट तीव्र बसाइँसराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानी अभाव महसुस गरी २०६३ सालमा करिब पाँच करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत बेनीबजार क्षेत्रका ११ सय १४ घरधुरीमा धारा जडान गरिएको छ।

२०६३ सालमा ४ करोड ९३ लाख, २०७३ मा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाखको र चालु आवमा निर्माणाधीन बेनी गुणस्तर सुधार खानेपानी आयोजनामा ५ करोड ८२ लाख लागतमा सञ्चालित आयोजनाले गत आवमा ६२ करोड खानेपानी आपूर्ति भएकोमा ३७ करोड १० हजार लिटर पानी बिक्री गरी दुई करोड ६१ लाख ९८ हजार आम्दानी गरेकोमा सञ्चालन खर्च २ करोड ४६ लाख कटाएर ७३ हजार भएको कोषाध्यक्ष हमालले बताए।

आर्थिक वर्ष २०७९-८० मा संस्थाले नगर विकास कोषलाई १७ लाख ६० हजार सात ७१ रुपैयाँ सावाँ किस्ता र ५ लाख पचास हजार ब्याज भुक्तानी गरेको छ भने ८७ लाख ८८ हजार नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ। संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ४९ लाख ८७ हजार रहेको छ।

संस्थाको आइतबार आयोजित २४औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशन उद्घाटन गदै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ ले जिल्लाबासीलाई शुद्ध खानेपानी वितरण गर्ने अभियानमा नीतिगत निर्णय र बजेट सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए।

लामो समयदेखि अलपत्र म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजना अगाडि बढाउन फाइल खानेपानी मन्त्रालयबाट अर्थमन्त्रालयमा पु¥याइएको सांसद गर्बुजाले बताए।

प्रकाशित: २९ माघ २०८० ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App