२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोकाकोला नेपालको ५० औं वार्षिकोत्सव सम्पन्न

कोकाकोलाले नेपालमा ५० औं वर्ष मनाएको छ। कम्पनीले विशेष कार्यक्रम गरी सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो।

सन् १९७३ मा नेपाल प्रवेश गरेदेखि नै कोकाकोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो। पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोकाकोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ।

काठमाडौं र चितवन गरी कोकाकोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन्। देशभर एक लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोकाकोलाले एक हजारभन्दा बढी कामदारलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

५० औं वार्षिकोत्सवमा बोल्दै बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन एन सिंहले भने, ‘लजिस्टिक र संस्थागत संरचना पूर्ण रूपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती थियो। अहिलेसम्म आइपुग्दा कोकाकोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ।’

प्रकाशित: २६ माघ २०८० ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App