१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौता पश्चात् बैंकका सम्पूर्ण ग्राहकले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।  

बैंकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यससँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले अस्पतालबाट ओपिडी तथा आइपिडी र चश्मा तथा फ्रेममा मा १० प्रतिशत र फार्मेसी तथा सर्जरी सेवामा पाँच प्रतिशतसम्म छुट लिन सक्नेछन्।

प्रकाशित: २४ माघ २०८० ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App