२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नौ करोडभन्दा बढी खर्चेर इटहरी बस पार्क व्यवस्थित गरिँदै

नौ करोडभन्दा बढी खर्चेर इटहरीमा बसपार्कलाई व्यवस्थित गरिने भएको छ। झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क व्यवस्थित नहुँदा सवारी साधन पार्किङमा समस्या हुँदै आएको छ। यहि समस्यालाई ध्यानमा राखी इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले मंगलवार  शिलान्यास गरेका छन्।

उत्तर–दक्षिण तथा पूर्व–पश्चिम राजमार्गमा अवस्थित इटहरीमा यातायातको सहज पहुँच रहेको छ। बसपार्क व्यवस्थित नहुँदा इटहरीमा पार्किङ् पनि अस्तव्यस्त हुँदै आएको छ।

श्री अर्थ÷हाम्रो÷श्रीमान हेटौंडा–६,मकवानपुरले नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर निर्माण सुरु भएको हो। इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागिएको हो।

उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको हुनेछ।१८ महिनाभित्र बस पार्क पूरा हुनेछ। ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ। बसपार्कमा ढल व्यवस्थापन र ड्रेन सहितको सुविधा हुनेछ।

बस पार्कको भवन सिलान्यासका क्रममा मेयर पौडेलले समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए। उनका अनुसार अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ। बसपार्क व्यस्थित गर्नका लागि नगर विकास कोष काठमाडौंले  ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।

इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले पनि यहाँ सामान खरिद–बिक्री गर्न आउनेको चाप बढ्दो छ। यहाँ काठमाडौंपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ सेन्टर निर्माण भइरहेका छन्। तर, व्यवस्थित बसपार्क वा पार्किङ स्थलको समस्या छ।

इटहरीमा ठुला तथा साना गरि जम्मा ४ हजार २ सय ३३ व्यवसाय सञ्चालनमा छन्। यीमध्ये इटहरी चौरास्त चोक आसपास सेन्टर प्लाजा, संगीत चौकको सानिमा बैंक रहेको भवन, हङ्कङ् मार्केट छेउको आईएमई कर्पोरेट भवन, आईतबारेको इ–लाइट सिनेमा हल, बसपार्क छेउको गंगा जमुना होटल र लबीपुरमा रहेको भाटभटेनी सुपर मार्केटमा मात्र पार्किङ व्यवस्थित गरिएको छ। अरु कुनै पनि सर्पिङ् सेन्टरमा पार्किङ्को व्यवस्था छैन्। बसपार्क व्यवस्थित भएसँगै पार्किङ्मा समेत सहजता हुनेछ। 

प्रकाशित: २३ माघ २०८० १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App