१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपमा नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। बिहीबार (आज) देखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको हो।

मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शनीको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे।

मेलाको उद्घाटन पश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले विभिन्न खालका उत्पादनहरु उपभोक्ताहरुको बीचमा पुग्ने बताए।

उनले विभिन्न उपभोग्य वस्तुहरू एकै ठाउँमा हेर्न र खरिद गर्न सजिलो हुने जिकिर गर्दै  उपभोगमा वृद्धि हुँदा मात्रै लगानी वृद्धि हुने भएकाले मेलाले उपभोग बढाउन मद्दत गर्ने दाबी गरे।

प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन्। 

मेलामा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ।

मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरूले सहभागिता जनाएका छन्।

प्रकाशित: १८ माघ २०८० ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App