१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चेम्बरले गर्‍यो योजना तर्जुमा कार्याशाला गोष्ठी

भक्तपुर चेम्बर अफ कमर्सलाई मुलुककै उत्कृष्ट संस्था बनाउने लक्ष्यअनुरूप संस्थाको भावी योजना तय गर्न एकदिने योजना तर्जुमा गोष्ठी गरिएको छ। भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा भएको गोष्ठीमा संस्थाका पदाधिकारी, कार्यसमिति, सल्लाहकारलगायत चारवटै नगर चेम्बरका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

त्यस क्रममा भक्तपुर चेम्बर अफ कमर्सबाट आगामी दिनमा सञ्चालन गर्ने सदस्यता वृद्धि, बजार प्रवर्द्धन, कृषि, पर्यटन तथा हस्तकला विकास, सूचना तथा सञ्चार प्रविधि केन्द्रको विकास, आयात निर्यात प्रवद्र्धन, क्षमता अभिवृद्धि, व्यावसायिक पैरवी, युवा तथा महिला उद्यमी विकास, समन्वय तथा साझेदारी, संस्थाको छवि निर्माण जस्ता विषयमा नीति तथा योजनाहरू तर्जुमा भएका छन्।

गोष्ठीको समापनका अवसरमा संस्थाका अध्यक्ष कविदास श्रेष्ठले तय भएका योजनाहरू सबैको साथ सहयोगबाट सम्पन्न गर्ने बताए। त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्योले मुलुकभरिका चेम्बर अफ कमर्सहरूमा उत्कृष्ट कार्य गर्दै आएको भक्तपुर चेम्बरलाई थप उचाइमा पुर्‍याउन योजना तर्जुमा गोष्ठीले महत्वपूर्ण टेवा पुग्ने बताए।

कार्यक्रममा संघसंस्था व्यवस्थापन विज्ञ उत्तम झाले संस्था व्यवस्थापनका सम्बन्धमा प्रस्तुति गर्नुका साथै योजना तर्जुमामा सहजीकरण गरेका थिए।

प्रकाशित: १४ माघ २०८० ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App