१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्टक एक्सचेन्जको अध्ययन गर्न समिति गठन

सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकता र औचित्य विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रीपरिषद्को मंगलबारको बैठकले का पूर्व डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

 समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेका छन्। समितिलाई नेपालको समग्र पुँजीबजार विकासको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासको विषयमा अध्ययन गर्न उपयुक्त हुने वा नहुने विषयमा अध्ययन गर्नका लागि कार्यादेश दिइएको छ। समितिलाई ४५ दिनको समयसीमा दिइएको बताइएको छ। नेपाल धितोपत्र बोर्डले २०७९ असोज २ गते नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: ११ माघ २०८० ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App