१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक पक्राउ

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै आधा किलो सुनसहित एक व्यक्ति  पक्राउ परेका छन्।

झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

कतारको दोहा हुँदै काठमाडौं आइतबार बिहान विमानस्थलमा अवतरण भएको हिमालयन एयरलाइन्सको विमानबाट आएका दर्जीसँग भन्सार चेकजाँचका क्रममा उक्त सुन फेला परेको भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जानकारी दिए।  

उनका अनुसार बरामद भएको सुन २३४ ग्राम अर्धठोस अवस्थामा र बाँकी ठोस अवस्थामा पाइएको छ ।

प्रकाशित: ७ माघ २०८० ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App