२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेड्मी १३ सी स्मार्टफोन बजारमा

साओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ। मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित उपलब्ध यस नयाँ रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

साओमीले रेड्मी १२ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको जनाएको छ। साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी १३ सीको स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेमा विश्वस्त रहेको बताए। उनले इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई रेड्मी १३ सी मा पनि कायम राखिएको बताए।

कम्पनीले रेड्मी १३ सी ६+१२८ जिबी र ८+२५६ जिबीको स्टोरेज भेरिएन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लु र क्लोभर ग्रीन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुने जनाएको छ। ६+१२८ जिबीर ८+२५६ जिबीभेरियन्टको मूल्य १५,९९९ र १८,९९९ रूपैयाँ रहेको कम्पनीले बताएको छ।

प्रकाशित: ४ माघ २०८० ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App