६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको सञ्चालकमा भट्टराईसहित चार निर्वाचित

मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्राइज बैंकको सञ्चालक निर्वाचित भएका छन्।

पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराईसहितको टोली सञ्चालक निर्वाचित भएका हुन्।

भट्टराई बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन्। भट्टराईले बैंकिङ र बिमाक्षेत्रमा साढे तीन दशक लामो अनुभव सँगालेका छन्। उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए।

साधारणसभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ। सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन्।

प्रकाशित: ४ माघ २०८० ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App