२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

६ महिनामा सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी भित्राउन विभिन्न प्रयत्न गर्दै आए पनि अपेक्षित विदेशी लगानी भने आउन सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ को पुससम्म सवा २२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाका लागि ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ मात्र विदेशी लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा ४ अर्ब १ कराेड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त आएको छ।

वैदेशिक लगानी गर्ने लगानीकर्ताको आकर्षण पर्यटन क्षेत्रमा देखिएको छ। यो अवधिमा १ सय ३ वटा पर्यटनसँग सम्बन्धी परियोजनामा प्रतिबद्धता आएको छ।

पर्यटन पछि सेवा क्षेत्रमा आकर्षण देखिएको छ। अहिलेसम्म ४ खर्ब ७२ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

प्रकाशित: २ माघ २०८० १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App