१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

३१ अंकले बढ्दा साढे ५ अर्बको कारोबार

 साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक निप्से उच्च अंकले बढेको छ।आइतबार नेप्सेपरिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो। 

तीन कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड ६६ लाख ५ हजार दुई सय ३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड ४ लाख २१ हजार ८ सय ६ ?पैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छाएको छ। 

सेन्सेटिभ सूचक ४.०२ अंकले बढेके छ भने फ्लोट सूचक पनि २.१० अंकले बढेको छ। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि १.३५ अंकले बढेको छ। नेप्सेका १३उपसूचकमध्ये ११ उपसूचक बढ्यो भने दुई उपसूचक घट्यो। बढ्ने उपसूचकमा हाइड्रोपावरतर्फ ११६.५७ अंकले बढ्यो भने फाइनान्सतर्फको उपसूचक पनि ७३.७६ अंक र उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि ६१.९६ अंकले बढेको छ। त्यसैगरी आइतबार घट्ने उपसूचकमा टे«डिङतर्फको उपसूचक २७.६५ अंकले घटेको छ भने होटल तथा पर्यटनतर्फको उपसुचक पनि १.०९ अंकले घटेको छ। 

आइतबार पाँच वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। जसमा हिमालयन पावर पार्टनर कम्पनी, कालिका पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ।त्यसैगरी मध्यभोटेकोशी जलविद्युत् आयोजना र माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाको सेयर पनि १० प्रतिशतले नै बढ्यो। आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा मेगा म्युचुअल फण्ड रह्यो। 

सो फण्डको सेयर ९.५३ प्रतिशत र निर्धन उत्थान लघुवित्त कम्पनीको सेयर पनि ४.३१ प्रतिशतले घटेको छ। त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रार्थ स्कीम २ को सेयर पनि २.९१ प्रतिशतले घटेको छ। गत साताको अन्तिम कारोबार दिन विहीबार नेप्सेपरिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा झरेको थियो। बिहीबार १२१ कम्पनीको सेयर बढ्यो भने ११७ कम्पनीको सेयर घट्यो। नौ कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार दुई करोड २१ लाख ३२ हजार सात सय ६८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रूपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: २९ पुस २०८० १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App