१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

समयमै दूधको भुक्तानी गर्न किसानको माग

चितवनका किसानले समयमै दूधको भुक्तानी गर्न माग गरेका छन्। बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको र पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन्।

उनीहरूले सम्बन्धित निकायसमक्ष विभिन्न पाँचबुँदे मागसमेत राखेका छन्। ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बिमामा देखिएका समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे। दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए।

संघका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन् जटिल हुँदै गएको बताए। ‘न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ’, उनले भने, ‘हामी चेपुवामा परेका छौं।’ आत्मनिर्भरताउन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनले गुनासो गरे। –रासस

प्रकाशित: २६ पुस २०८० ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App