१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले मधेश प्रदेशअन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्र्नपूर्ण गाँउपालिका ६ पोखरे आधारभूत बिद्यालयमा १८० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गरेको हो।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७औं जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो। देशका सबै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २३ पुस २०८० ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App