८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नाडाका सबै पदाधिकारी सर्वसम्मत चयन

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सबै नेतृत्व सर्वसम्मत चयन भएको छ।

सत्चालिसाै वार्षिक साधारणसभाले करण चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेपछि अन्य सबै पदाधिकारी पनि सहमतिमै टुंग्याएको छ। साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ।

नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको नाडाको पहिलो बैठकले नाडाको विधान बमोजिम पदाधिकारीहरू सर्वसम्मत चयन गरेको हो। नाडाको निवर्तमान अध्यक्ष डा. धु्रव थापा रहेका छन्।

नाडाको बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी, महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन्।

बैठकले संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ।

बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ।

नाडाको विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले केन्द्रीय सदस्यमा मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई मनोनित गरेका छन्।

प्रकाशित: २३ पुस २०८० ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App