२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रेड मी ट्वेल्भ सी अब छुट मूल्यमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेड मी ट्वेल्भ सीको मूल्य घटाएको छ।अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुसी थप्न आफ्नो लोकप्रिय स्मार्टफोन रेड मी ट्वेल्भ सीको मूल्य घटाएको कम्पनीले जनाएको छ।

यसले गर्दा आफ्ना उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य छ। साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड् मी ट्वेल्भ सीको मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै रेड मी ट्वेल्भ सीको प्रभावशाली सुविधाहरू र कार्यसम्पादन क्षमताले ग्राहकको अपेक्षाहरू पूरा गरिरहने बताए।

कम्पनीका अनुसार रेड मी ट्वेल्भ सी फोर प्लस सिक्स्टी फोर जीबी–वास्तविक मूल्य १४ हजार ४९९ रुपैयाँ भएकोमा छुट पछि १२ हजार ९९९ रूपैयाँ भएको छ। यस्तै रेड मी ट्वेल्भ सी सिक्स प्लस वन हन्ड्रेड ट्वेन्टी एट जीबीको वास्तविक मूल्य १६ हजार ९९९ रूपैयाँमा छुट पछि १५ हजार ९९९ रूपैयाँ भएको छ।

प्रकाशित: १८ पुस २०८० १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App