४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कारोबार वृद्धि गर्ने अल्टिमा लाइफस्टाइल

अल्टिमा लाइफ स्टाइलले तीव्र गतिमा वृद्धि भइरहेको नेपाली एसेसरिज ब्रान्ड लेसन् २०२२ को तुलनामा सन् २०२३ मा ७०० प्रतिशतले वृद्धि गरेर सबै रेकर्ड तोडेको छ।

कम्पनीले यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगत्तै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको जनाएको छ।

यसै क्रममा अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ दि इयर २०२३’ अवार्ड पाएको हो।

आफ्नो उल्लेखनीय बिक्री आँकडा, ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरका कारण धेरै प्रतिस्पर्धीहरूबीच अल्टिमा लाइफस्टाइल माथि उठेको कम्पनीको दाबी छ। अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमा अल्टिमाको उपस्थितिलाई बलियो बनाउने र ग्राहकलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने बताएको छ।

प्रकाशित: ११ पुस २०८० ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App