५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारणसभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन्।

चितवनमा आयोजित संघको ३७ औं वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको उपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गरेको हो।

गौतमले संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहकारलगायतका क्षेत्रमा योगदान पुर्‍याएका छन्।

प्रकाशित: ९ पुस २०८० ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App