५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जलवायु तटस्थताको मार्गमा यती एअरलाइन्स

काठमाडौं – यती एअरलाइन्सले राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितामा आफूलाई ‘कार्बन न्याचुरल एअरलाइन्स’का रुपमा रुपान्तरण गर्ने कार्यमा जुटेको जनाएको छ।

राजधानीमा एक कार्यक्रम गरी नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण, नागरिक समाजका अगुवा संघ–संस्था र निजी क्षेत्रको सहभागितामा एअरलाइन्सले विगत एक वर्षमा उत्सर्जन गरेको हरितगृह ग्यास र त्यसले वातावरणमा पार्ने असरबारे छलफल गरेको यतीले जनाएको छ।

हवाई यात्रा र यससँग सम्बन्धित सवारी साधनले वातावरणमा पार्ने प्रभावबारे नेपालमा पहिलोपटक यस्तो खालको अभ्यास सुरु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईका अनुसार नागरिक उडड्यन प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रमको अमूल्य सहयोगका कारण यती एअरलाइन्स कार्बन न्याचुरलको दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा भएको हो।

राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको कन्ट्री डाइरेक्टर रेनोड मेयरले नेपालमा पहिलोपटक यतीले आफूलाई क्लाइमेट न्याचुरल कम्पनीका स्वरुपमा रुपान्तरण गर्ने ऐतिहासिक काम गरेको बताए । ‘यस कार्यले अरु थुप्रै कम्पनीलाई राष्ट्रसंघको दिगो विकास लक्ष्य २०३०’ प्राप्त गर्ने दिशामा ठोस योगदान पु¥याउन प्रेरणा मिल्नेछ,’ उनले भने।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले यतीको यस निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरणमैत्री बनाउने तथा हरितगृह ग्यास कम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासमा ठोस योगदान पु¥याउन मद्दत पुग्ने बताए । प्रारम्भिक तथ्यांक अनुसार सन् २०१७ मा यतीले १८,१३३ टन कार्बन उत्सर्जन गरेको छ।

प्रकाशित: १४ माघ २०७४ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App