२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सेयरबजारमा उछाल कायमै,आज ४५.९८ अंकले बढ्यो

गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक  साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।

साताको पहिलो कारोबार दिन आइतबारदेखि मंगलबारसम्मको अवधिमा सेयरबजारको मापन गर्ने नेप्सेपरिसूचक उच्च अंकले बढ्ने क्रम निरन्तर जारी छ।

साताको पहिलो कारोबार दिन २७.७५अंकले बढेको नेप्सेपरिसूचक दोसो दिन पनि ३८.१४ अंकले बढेको थियो ।तर साताको तेस्रो कारोबार दिन भने आइतबार र सोमबारको तुलनामा झनै उच्च अंकले बढेर  नेप्सेपरिसूचक २१ सय विन्दु नाघेको छ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको छ।मंगलबार दिनभरजसो सेयर परिसूचक उतारचढावपूर्ण हुदैँ १८३ कम्पनीको सेयर बढ्यो भने ५३ कम्पनीको सेयर घट्यो । ७ कम्पनीको सेयर स्थिर रहयो । मंगलबार एक करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर किनबेच हुँदा ।५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँको सेयर किनबेच भयो।

 नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक बढ्यो।सेन्सेटिभ सूचक ७.०५ अंकले बढ्यो। त्यसैगरी फ्लोट सूचक ३.१८ अंक र सेन्सेटिभफ्लोट सूचक पनि २.४८ अंकले बढ्यो।नेप्सेका १३ उपसूचकमध्ये मंगलबार १३वटै उपसूचक बढ्यो । मंगलबार सवैभन्दा धेरै बढ्ने उपसूचकमा होटल तथा पर्यटनतर्फ रह्यो। सो उपसूचक ३९५.१८ अंकले बढ्यो . त्यसैगरी  जीवनबीमातर्फ ३५०.५५ अंक, उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि २५३.६६ अंकले बढेको छ । त्यसैगरी निर्जीवनबीमातर्फको उपसूचक २२८.०६ अंकले बढ्यो । मंगलबार ९ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । 

जसमा बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त र शिवम् सिमेन्ट कम्पनी रह्यो . त्यसैगरी १० प्रतिशतकै दरले बढ्ने कम्पनीमा नेपाल रिपब्लिक मिडिया,घोराही सिमेन्ट,ह्थावे इन्भेष्टमेन्ट कम्पनी, मिड सोलु हाइड्रोपावर कम्पनी र सोनापुर मिनरल्स एण्ड वेइल कम्पनी रह्यो। मंगलबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोर्थ स्कीम २ रह्यो।सो कम्पनीको सेयर ७.२६ प्रतिशतले घट्यो । त्यसैगरी माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर पनि ४.९० प्रतिशत र प्रभु बैंक डिबेञ्चर कम्पनीको सेयर पनि ३.८३ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक २७.७५अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको छ ।सो दिन १८५ सेयर बढ्यो भने ५२ कम्पनीको सेयर घटेको थियो। ४ कम्पनीको सेयर स्थिर रह्यो . आइतबार ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भयो।

साताको दोसो कारोबार दिन सोमबार नेप्सेपरिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको थियो ।सो दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ रुपैयाँको कारोबार भयो।

प्रकाशित: ३ पुस २०८० १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App