२३ श्रावण २०७७ शुक्रबार
अर्थ

नेपालको अन्तर्राष्ट्रिय व्यापार: भारतको भाँजोले सधैँ झमेला

झापा–मुखले सधैँ व्यापार प्रवद्र्धनको कुरा उठाउने तर व्यवहारमा भने त्यसको ठीक विपरित कदम चाल्ने भारतीय व्यवहार  द्विपक्षीय व्यापार कारोबारको मुख्य बाधक बनिरहेको छ । पछिल्लो समयमा अदुवाको निकासीमा रोक लगाउनु त्यही व्यवहारको नयाँ संस्करण हो ।

पुसको अन्तिम हप्ता नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पूर्वका विभिन्न नाकाको दौडाहामा आएका थिए। त्यसबेला आधा दर्जनभन्दा धेरै ठाउँमा व्यापारीहरुसँग अन्तरक्रिया गर्ने क्रममा उनले एउटै वाक्य दोहोर्याएका थिए ‘नेपाल–भारतबीचको व्यापार कारोबार र कनेक्टिभिटी बढाउन आवश्यक सम्पूर्ण काम गर्न भारत प्रतिबद्ध छ ।’

भारतीय राजदूतले भनेका थिए, "दुई देशको कारोबार र कनेक्टिभिटी बढाउन आवश्यक सम्पूर्ण काम गर्न भारत प्रतिबद्ध छ।" तर अब नेपालमा उत्पादित अदुवाले अन्तर्राष्ट्रिय बजार जोगाउन कि पाँच प्रतिशत जीएसटी तिर्नुपर्ने भएको छ, कि भारतीय बजार माया मार्नुपर्ने अवस्था आएको छ।

काँकडभिट्टा, भद्रपुर लगायतका नाकामा राजदुत पुरीले यसरी आश्वस्त पारिरहँदा अधिकांश नेपाली व्यवसायीले आशंका प्रकट गरेका थिए । निर्यात व्यापारी जयनारायण साहले त त्यसबेलै भनेका थिए ‘भारतीय अधिकारीहरु भन्छन् एउटा गर्छन् अर्को ।’ नभन्दै त्यसको एक  साता पनि नबित्दै भारतले नेपालमा उत्पादित अदुवाको आयात मात्रै रोकेन ताजा अदुवामा प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा समेत ल्याएको छ। जसकाकारण अब नेपालमा उत्पादित अदुवाले अन्तर्राष्ट्रिय बजार जोगाउन कि पाँच प्रतिशत जीएसटी तिर्नुपर्ने भएको छ, कि भारतीय बजार माया मार्नुपर्ने अवस्था आएको छ। ‘उच्च तहका राजनीतिज्ञ र राजदुतहरु यता आएर नेपाली फकाउँछन्, अनि ऐन कानुन चाहिँ नेपाललाई तल पार्ने ढंगले बनाउँछन्’, व्यवसायी साहले बिहीवार नागरिकन्यूजसँग भने ‘यसरी द्विपक्षीय व्यापार कारोबार गर्न सकिँदैन । कहिलेसम्म एकैखाले समस्या भोगिरहने ?’

व्यवसायीहरुका अनुसार पाँच प्रतिशत कर तिरेर नेपालको अदुवा भारतीय बजार पठाउन सक्ने अवस्थामा नेपाली निर्यातकर्ता छैनन् । किनभने यसै पनि लागत खर्च उच्च हुँदै गएका बेलामा भारतमा प्रशस्त सरकारी सुविधा र अनुदानमा उत्पादित अदुवासँग प्रतिष्पर्धा गर्न नेपाली उत्पादनलाई सम्भव छैन । ताजा अदुवा पठाउन भारतीय कानुन बाधक बन्ने भइसकेको छ । त्यसैले अदुवामा रोक लगाउने पछिल्लो भारतीय कदम ‘नेपाललाई हेपिरहने श्रृंखलाकै निरन्तरता’ भएको बताउँदै नेपाली व्यवसायीले  नेपालको उदासिनता पनि यसको मुख्य कारण रहेको बताएका छन् ।

भारतीय कार्यशैलीले केवल द्विपक्षीय कारोबार मात्रै प्रभावित हुँदै आएको छैन, नेपालले तेस्रो देशसँग गर्ने कारोबारमा पनि अनेकौं भाँजो लाग्दै आएको छ।

‘आफ्नो हात माथि पारिरहन अनेक बखेडा झिकिरहने भारतीय कार्यशैली सच्याउन  बलियो दवाव सिर्जना गर्न नेपालले  नसक्दा द्विपक्षीय व्यापार कारोबार सधैँ समस्याग्रस्त बन्दै आएको छ ’, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले भने ‘नेपालमा आवश्यक पर्ने अधिकांश वस्तु भारतबाट आयात हुन्छ । उताबाट सामान ल्याउन कहिल्यै कुनै समस्या नहुने तर हामीले धेरै निर्यात गर्ने कृषिवस्तुमै  पटक–पटक समस्या आउँदा हाम्रो सरकार किन मौन रहेको हो बुझ्नै सकिएन ।’ उनका अनुसार अदुवामा मात्रै नभई भारत निर्यात हुने अअधिकांश कृषिवस्तुको निर्यात व्यापार कुनै न कुनै रुपमा प्रभावित नै छ ।

भारतले आफ्नो नाकामा आफै परीक्षणको प्रबन्ध गरेको छैन भने  नेपालको प्रयोगशालाको रिपोर्टमा भरोसा पनि गर्दैन ।  भारतले नाकामा कृषिजन्य खाद्यवस्तु परीक्षणको प्रबन्धमा उदासिनता देखाउँदा नेपालको निर्यात व्यापार सधैँ भयग्रस्त रहँदै आएको छ । किनभने , नेपालबाट भारतीय नाका पुगेका कृषिवस्तु परीक्षणका लागि कोलाकाता पुर्याउनुपर्छ । जहाँ कम्तीमा सात देखि १५ दिनको समय लाग्दै आएको छ । राजदुत पुरीलाई झापाका व्यवसायीले यही विषयमा ध्यानाकर्षण गराउँदा उनले ‘व्यापार बढाउन सबै प्रबन्ध गरिने’ आश्वासन काँकडभिट्टामा दिएका थिए । तर, उनले यसो भनेको साता नबित्दै उनको सरकारले भने ठीक विपरित व्यवहार देखाउँदै नेपाललाई फेरि अफ्ठयारोमा पारेको छ । 

‘बंगलादेशसँगको पारवहन मार्ग शुरु भएको  २०  वर्ष पूरा भइसक्दासम्म पनि हाम्रा प्रारम्भिक अपेक्षाहरु नै पूरा हुन सकेका छैनन्’, निर्यात व्यवसायी जयनारायण साहको भनाई छ ‘कहिले नाकाबन्दी लगाउने, कहिले बाटोमा अनेक किसिमले अवरोध गर्ने अनि कहिले पार्किङ गर्न नदिने जस्ता काम गरेर भारतले धेरैपटक दुःख दिएको छ।’

भारतीय कार्यशैलीले केवल द्विपक्षीय कारोबार मात्रै प्रभावित हुँदै आएको छैन, नेपालले तेस्रो देशसँग गर्ने कारोबारमा पनि अनेकौं भाँजो लाग्दै आएको छ। भूपरिवेष्ठित मुलुकले निर्वाध उपभोग गर्न पाउने तेस्रो देशसँगको पारवहन अधिकार २०५४ सालमा प्राप्त गरेपछि काँकडभिट्टा–पानीट्यांकी–फुलबारी–बंगलाबन्ध मार्ग मार्फत नेपाल–बंगलादेश प्रत्यक्ष व्यापार शुरु भएको थियो। त्यसबेलासम्म भारतमै मात्रै आश्रित पूर्वी नाकाको अन्तर्राष्ट्रिय व्यापार बंगलादेशसम्म विस्तार भएको थियो ।  बंगलादेशसँगको प्रत्यक्ष व्यापारमा पनि भारतले अनेकौं बाधा तेर्स्याएको नेपाली व्यवसायीको अनुभव छ।

‘बंगलादेशसँगको पारवहन मार्ग शुरु भएको  २०  वर्ष पूरा भइसक्दासम्म पनि हाम्रा प्रारम्भिक अपेक्षाहरु नै पूरा हुन सकेका छैनन्’, निर्यात व्यवसायी जयनारायण साहको भनाई छ ‘कहिले नाकाबन्दी लगाउने, कहिले बाटोमा अनेक किसिमले अवरोध गर्ने अनि कहिले पार्किङ गर्न नदिने जस्ता काम गरेर भारतले धेरैपटक दुःख दिएको छ।’ फुलबारी बंगलाबन्ध मार्ग हुँदै भएको व्यापार कारोबारको आकार ठूलो भए पनि नेपाली पक्षले खासै फाइदा लिन सकेको छैन । बंगलादेशले प्रत्येक वर्ष नेपाल निर्यात गर्ने सामानहरुको संख्या बढाइरहेको छ । तर, नेपाल पहिले जहाँ थियो, अहिले पनि त्यहीँ रहेको नेपाली व्यवसायी बताउँछन्। यसमा धेरै हदसम्म भारतीय बक्रदृष्टि नै जिम्मेवार रहेको नेपाली पक्षको बुझाई छ। 

प्रकाशित: ११ माघ २०७४ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App