२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजस्व छलेको आशंकामा मालवाहक ट्रक नियन्त्रणमा

नेपालगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएको मालवाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजस्व अनुसन्धान कार्यालयले शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।

सो क्रममा नेपालगञ्जस्थित न्युरोड क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबीच केहीबेरसम्म तनाव उत्पन्न भएको थियो। ठूलो संख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले रोक्न प्रयास गरे पनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा लिएर ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर पुर्‍याएका हुन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राजस्व ‘चुहावट’ गरेको आशंकामा ट्रक नियन्त्रणमा लिइएको बताए। ‘हाम्रो कारबाही सफल भएको छ, राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई ट्रक बुझाइएको छ,’ उनले भने।

राजस्व चुहावट भए÷नभएको विषयमा नतिजा सार्वजनिक गरिने प्रजिअ पोखरेलले बताएका छन् । ‘कम्तिमा राम्रोलाई राम्रो भन्ने सोचको विकास गरौं,’ उनले थपे।  

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले भन्सार जाँचपास भएर आएको ट्रकलाई आशंका लागेमा पुनः भन्सारमै लगेर जाँच गर्नुपर्नेमा राजस्व अनुसन्धानमा पु¥याउनुलाई राज्य आतंक भएको बताएका छन्।

‘कैफियत भएमा व्यवसायी मात्र नभएर जाँचकी, पास गर्ने कर्मचारी पनि दोषी हुने भएकाले पुनः भन्सारमा लगेर जाँच गर्नुपर्ने हो तर व्यवसायीलाई आतंकित पार्ने काम गरियो,’ उनले भने।

प्रकाशित: २ पुस २०८० ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App