२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

क्युआर कोडमार्फत भुक्तानी र कारोबार दुवै बढ्यो

नेपालमा डिजिटल कारोबार र भुक्तानी सर्वसाधारणको मुख्य रोजाइ बन्दै आइरहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले पनि पछिल्लो समय सर्वसाधारणको रोजाइमा डिजिटल कारोबार तथा भुक्तानी पर्न थालेको देखाएको छ।

पछिल्लो समय संघीय राजधानी सहर काठमाडौंमा मात्रै होइन, ग्रामीण भेगमा रहेका चिया पसलदेखि अन्य पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानी हुन थालेको छ।

काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चिया पसल, तरकारी पसल, किराना पसलदेखि ठूला–ठूला सपिङ मलमा मात्रै होइन सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।

पछिल्ला समयमा क्युआरकोड अर्थात्  ‘क्विक रेस्पोन्स पेमेन्ट’ सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ।

राष्ट्र बैंकका अनुसार २०१९/२० को जुन–जुलाई महिनामा क्युआर कोड सुरु नै भएको थिएन।  सन् २०२०/२१ को जुन–जुलाईमा क्युआर कोडबाट कारोबार सुरुवात भएको थियो। सो वर्ष ८ लाख ५५ हजार ५ सय ६६ वटा कारोबार भएको थियो।

सो अवधिमा ३ अर्ब ६५ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। तर,क्यूआरकोड मार्फत् कारोबार सुरु भएको तीन वर्ष वर्षकै अवधिमा क्यूआर कोडमार्फत हुने कारोबार र भुक्तानी रकममा उल्लेखनीय रुपमा वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२३ को अक्टोबर– नोभेम्बर महिनामा क्यूआर कोडमार्फत ८७ लाख २९ हजार ९ सय ३९ वटा कारोबार भएको थियो। सो महिनामा ३२ अर्ब १ करोड ७० लाख रुपैयाँको कारोबार क्यूआर कोड मार्फत भुक्तानी भएको छ।

राष्ट्र बैंकका अनुसार सन् २०२३/२४ को सेप्टेम्बर–अक्टोबर महिनामा सबैभन्दा बढी अर्थात् एक करोड १८ लाख ८३ हजार १ सय  कारोबार क्यूआर कोडमार्फत भुक्तानी भएको छ।

सो अवधिमा ३६ अर्ब २१ करोड रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको छ। त्यसैगरी सन् २०२१/२२ को जुन–जुलाईमा भने क्युआर कोड मार्फत ४२ लाख ८१ हजार ९ सय ९४ वटा कारोबार भएको थियो।

सोही समयमा १४ अर्ब ५२ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। त्यसैगरी त्यसैगरी सन् २०२२/२३ को सेप्टेम्बर÷अक्टोबर महिनामा ४७ लाख ७० हजार कारोबार भएको थियो। सो अवधिमा १७ अर्ब ३३ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो।

त्यसैगरी सन् २०२२/२३ को अक्टोबर–नोभेम्बर महिनामा नै १६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको रकम क्यूआर कोडमार्फत कारोबार भएको छ। सो अवधिमा क्यूआर कोडमार्फत ४६ लाख १२ हजार ३ सय ७ वटा कारोबार क्यूआर कोडमार्फत भयो।

प्रकाशित: २९ मंसिर २०८० ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App