सुनको मूल्य बुधवार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा सुनको मूल्य बुधवार ३ सयले घटेको हो। बुधवार सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार सुन प्रतितोला १ लाख १६ हजार ३ सयमा कारोबार भएको थियो।
मङ्सिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले घटेको हो। मङ्सिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधवार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको महासङ्घले जनाएको छ।
त्यस्तै बुधवार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो। यो मङ्सिर १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो। मङ्सिर १८ मा चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो।
प्रकाशित: २७ मंसिर २०८० ०७:०८ बुधबार





