१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

जेबिएनएल सेक्युरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गरी टिएमएसमार्फत धितोपत्र खरिद सेवा सुरु गरेका छन्।

अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए।

प्रकाशित: २६ मंसिर २०८० ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App