१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

२५ वर्षमै निजी क्षेत्रद्वारा २१७५ मेगावाट बिजुली उत्पादन

निजी क्षेत्रले जलविद्युत् उत्पादन थालेको झण्डै तीन दशकको अवधिमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै हिस्साको बिजुली उत्पादन गर्दै आइरहेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ।

सोमध्ये निजी क्षेत्रको९प्राधिकरणको सहायक कम्पनी० सहितको कुल उत्पादनको हिस्सा भने ७६.६८ प्रतिशत रहेको छ। प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ। कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ। प्राधिकरणको सहायक कम्पनी (निजी) बाट उत्पादन भएको बिजुली ४७८.१० मेगावाट बिजुली उत्पादन भएको छ । प्राधिकरण मातहतका आयोजनाबाट ६६१  मेगावाट उत्पादन हुँदै आइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत्को कुल जडित क्षमतामध्ये निजी क्षेत्रको मात्रै हिस्सा करिब ६० प्रतिशतको हाराहारीमा रहेको बताए।  ‘कुल जडित क्षमतामध्ये निजी क्षेत्रको हिस्सा ५९.८३ प्रतिशत छ। प्राधिकरणको मातहतका सहायक कम्पनीको हिस्सा १६.८५ प्रतिशत छ। प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ,’ प्रवक्ता भट्टराईले निजी क्षेत्रले उत्पादित जलविद्युत् आयोजना रनअफ दि रिभर९नदी प्रवाहीमा आधारित भएकाले पनि समग्र ऊर्जा उत्पादनमा भने  प्राधिकरण मातहतकै आयोजनाको धेरै भएको दाबी गर्छन्।

‘निजी क्षेत्रबाट उत्पादन भएको बिजुलीको जडित क्षमता धेरै भएपनि हिउँदे याममा  निजी क्षेत्रबाट उत्पादन हुने बिजुलीको हिस्सा भने एक तिहाइभन्दा धेरै घट्ने गर्छ,’ उनले भने, ‘प्राधिकरण मातहतका आयोजनाको कुल जडित क्षमता कम भएपनि इनर्जी उत्पादन भने धेरै छ।,’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था९इप्पान० नेपालका अध्यक्ष गणेश कार्कीले निजीले सरकारी निकायको भन्दा चुस्त व्यवस्थापनकै कारणले तोकिएको समयभित्रै आयोजना निर्माण गर्दा पनि छोटो समयमा नै धेरै जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सकेको बताए। ‘सरकारले निजी क्षेत्रका जलविद्युत् आयोजनाको  सहजै ढंगले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको भए निजी क्षेत्रको उपस्थिति अहिलेको भन्दा सशक्त हुने थियो,’ उनले भने‘ सरकारले अझै पनि पिपिए खुला गरेको छैन, पर्याप्त मात्रामा लगानीमैत्री वातावरण नहुँदा पनि सोचेअनुरुपको अझै निजी क्षेत्रले लगानी गर्न सकिरहेका छैन।’

इप्पानका उपमहासचिव प्रकाश दुलालले करिब २५ वर्षे अवधिमा निजी क्षेत्रले जलविद्युत् उत्पादनमा उदाहरणीय काम गर्दै आइरहेको बताए। ‘निजी क्षेत्रले २५ वर्षे अवधिमा जलविद्युत् उत्पादनमा धेरै राम्रो फड्को मार्दे आइरहेको छ।’ प्राधिकरणका अनुसार गत आर्थिक वर्षको २०७९/८० को असार मसान्तसम्मको अवधिमा कुल जडित क्षमता २६ सय ८४ मेगावाट पुगेको थियो । त्यो बेला प्राधिकरण मातहतको आयोजनाबाट ६६१ मेगावाट, प्राधिकरणको सहायक कम्पनीबाट ४ सय ७८ मेगावाट र निजी क्षेत्रबाट १५ सय ४५ मेगावाट बिजुली उत्पादन भएको थियो।

प्रकाशित: २५ मंसिर २०८० १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App