२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्सको वार्षिकोत्सवमा संघसंस्थालाई सहयोग

 रिलायन्स फाइनान्स १५ औं वर्षमा प्रवेश गरेको छ। संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम रानीवन काठमाडौंमा आश्रित वृद्धाहरूलाई वासिङ मेसिन हस्तान्तरण गरेको छ।

संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले सो मेसिन संस्थालाई हस्तान्तरण गरेका छन्। यस्तै संस्थाको वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाइलामा आँखा, कान तथा घाँटीको जाँच शिविर सञ्चालन गरी शिविरमा आएका बिरामीहरूलाई निःशुल्क औषधी तथा चस्मा वितरण गरेको छ।

साथै संस्थाका न्युरोड, इमाडोल, पोखरा, वेशीसहर, कोहलपुर, धनगढी, टाँडी र भैरहवा शाखाले न्यानो कपडा र स्टेसनरी, डस्टबिन, युरोगार्ड वितरण गरेको छ। साथै सहयोग स्वरूप मन्दिरमा कुर्सी वितरण गरी विभिन्न सामाजिक संघ संस्थालाई उपलब्ध गराएका थिए।

फाइनान्सले न्युरोड, सितापाइला, इमाडोल, नारायणघाट, टाँडी, पोखरा, लमजुङ, काभ्रेपलाञ्चोक, गोरखा, झापा, रूपन्देही, बाँकेलगायतका स्थानहरू मार्फत सेवा पुर्‍याउँदै आइरहेको छ।

प्रकाशित: २० मंसिर २०८० ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App