१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

पर्यटनका लागि डिजिटाइजेशन अनिवार्य आवश्यकता बन्दै गएको परिप्रेक्ष्यमा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठ बताइन्।

यस्तै नाटाका सचिव युविका राजभण्डारीले एसटीएलआरपीसंगको सहकार्यमा नाटाले देशै भरी विभिन्न खालका तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै यस प्रकारका तालिमले व्यवसायीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुगेको बताए।

परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहेको सन्दर्भमा व्यवसायीहरुको आवश्यकताको आधारमा नाटासँगको सहकार्यमा सातै प्रदेशमा तालिमहरू संचालन गरिएको जानकारी दिए।काठमाण्डौका विभिन्न ट्राभल एजेन्सीहरूमा कार्यरत ३० जनाको सहभागिता रहेको थियो।तालिममा आमोद निरौलाले  प्रशिक्षण दिएका थिए।  

प्रकाशित: १९ मंसिर २०८० १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App