२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दराजको ११ः११ बिक्री अभियान सम्पन्न

दराजले यस वर्षको सबैभन्दा ठूलो ११ः११ बिक्री अभियान सम्पन्न गरेको छ।

नेपालभरका ५० लाखभन्दा बढी उपभोक्तालाई सेवा प्रदान गर्दै आएको दराजले यस वर्षको ११ः११ बिक्री अभियानअन्तर्गत १९ हजार ब्रान्ड सुविधा रहेका थिए।

यस्तै अनबोर्डिङ प्रस्तावदेखि बिक्रेताको व्यापारको लागत घटाउने उद्देश्यले नयाँ सह-वित्त पोषित कार्यक्रमहरू रोल आउट गर्ने कार्यशालाहरू, ११ः११ अभियानको बिक्रीमा ४६ गुणा वृद्धि र अभियानको पहिलो १९ मिनेटमा पाँच सय अर्डरको कीर्तिमान बनाएको दराजले जनाएको छ।

दराजको लक्ष्य ई-कमर्सलाई सबैका लागि पहुँचयोग्य बनाउनु र स्थानीय समुदायलाई उत्कृष्ट मूल्य र विविधता प्रदान गरेर उनीहरूको जीवनस्तर सुधार्न मदत गर्नु रहेको जनाएको छ। यस वर्ष दराजबाट तेल र घिउ जस्ता स्टेपलहरू सबैभन्दा बढी बिक्री हुने उत्पादनमा परेको र उपभोक्ताहरूले उनीहरूको खरिदमा पर्याप्त बचतको आनन्द उठाएको कम्पनीले जनाएको छ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज सधैं वाणिज्य शक्तिको माध्यमबाट समुदायहरूको उत्थान गर्न प्रतिबद्ध रहेको बताए। ११ः११ योजनाले विक्रेताहरूलाई बिक्री बढाउन साथै उपभोक्ताका लागि अनलाइन किनमेललाई थप पहुँचयोग्य बनाउन मद्दत गरेको पनि बताए।

प्रकाशित: १९ मंसिर २०८० ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App