७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कार्यकारी प्रमुख अधिकारीलाई निगम प्रवेश निषेध

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन्। एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले कार्यकारी प्रमुख अधिकारीलाई प्रवेश निषेध गरेका हुन्।

यस क्रममा निगमको आन्दोलनरत कर्मचारीले कार्यालयको गेटमै तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहकलाई डुबाउन खोज्ने कार्यकारी प्रमुखलाई निगममा प्रवेश निषेध गरेको भनी ब्यानर टाँगेका छन्।

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउन्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने लयाउतका काम गरेको उनीमाथि आरोप छ। 

केही दिन पहिले मात्रै नेपाल उड्डयन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलसङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो।

यससँगै वर्षौँदेखि सञ्चालनमा नरहेको र व्यवस्थित गर्न नसकेको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौँ मूल्यका पार्टपुर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन्। कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्त गर्नुपर्नेको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन थालेको आन्दोलनकर्ताले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App