१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

कान्तिपुर मल उपहार योजनामा मोक्तानले पाए मोटरसाइकल

मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन्।

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यस वर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन्।

उक्त मलले सोमबार उपहारको नतिजा प्रकाशन गरेको हो। उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन्। उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ।

यस्तै, ०४१९६ कुपन भएकी समीक्षा गौतम द्वितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौँ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

मलले द्वितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्त्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ।

मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ता भित्र कान्तिपुर मलको केन्द्रीय कार्यालय नयाँ बसपार्कमा दाबी गरिसक्न आग्रह गरेका छन्।

मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्ष पनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गरे।

उनले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरिद गर्न समेत ग्राहकलाई आग्रह गरेका छन्।

प्रकाशित: १२ मंसिर २०८० १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App