१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु

जुम्ला विमानस्थल विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सय ८३/८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो।

नागरिक उड्डययन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले बताए।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख)  बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्न प्रक्रिया सुरु भएको प्रमुख अधिकारीले जानकारी दिए।

प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भनी मन्त्रिपरिषद्को २०८० जेठ २ गते निर्णय भएको थियो।विमानस्थल विस्तारसँगै मझौला खाले जहाज अवतरण गर्न कुनै समस्या नहुने अपेक्षा गरिएको छ। 

यसअघि जुम्ला विमानस्थलमा फ्युल सेन्टर स्थापनाको लागि आवश्यक जग्गा छनौटका विषयमा अनुगमन गरेर नेपाल आयल निगम र नेपाल नागरिक उड्ययन कार्यालयको टोली फर्किएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App